
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९२ वटा विभिन्न व्यावसायिक फर्म तथा उद्योगलाई एक करोड बयानब्बे हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सबै प्रकारका वस्तु तथा सेवासँग सम्बन्धित व्यावसायिक फर्म तथा उद्योगहरुको स्थलगत अनुगमनका क्रममा उक्त जरिवाना गरिएको बताए । बजार अनुगमनका क्रममा कुल ७ सय १३ वटा व्यावसायिक फर्म तथा उद्योगहरुको स्थलगत अनुगमन गरिएको र अनुगमनका क्रममा कानून विपरित व्यापारिक गतिविधि सञ्चालन गरेको पाइएको छ ।