ताजा समाचार

जेन्जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै शेर बहादुर देउवा

मंगलबार असोज २८ काठमाण्डौ,

जेन्जी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा आज केन्द्रिय कार्य समितिको बैठकमा सहभागी हुँदैछन् ।

गत भदौ २४ जेनजी आन्दोलनकारीहरूद्वारा आफ्नै निवासमा सांघातिक आक्रमणमा परेका उनी त्यसयता केही समय उपचारमा भए पनि प्रायः सार्वजनिक भएका थिएनन् ।

सभापति सहभागी हुने भएपछि नेपाली काँग्रेसको मुख्यालयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । अहिले नेपाल प्रहरी साथै नेपाली काँग्रेसका युवा संगठन तरुण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले मुख्यालयमा सुरक्षा दिइरहेका छन् ।

देउवामाथि सभापतिको पद छोड्न पनि पार्टी भित्रैबाट दवाव रहेको छ । उक्त बैठकमा केन्द्रिय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, आमन्त्रित सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरु सहभागी हुँदैछन् ।











लेखकको बारेमा

रामहरि रोक्का

न्यूजनेपालय मार्फत सम्पादन हुने समाचारहरु तथा अन्य सामग्रीहरु अति नै प्रमाणीक तथा विश्वसनिय हुने कुरामा ढुक्क हुन अनुरोध गर्दछौं ।


न्यूजनेपालय टिम


प्रतिक्रिया


प्रतिक्रिया दिनुहोस्








Scroll to Top