
मंगलबार असोज २८ काठमाण्डौ,
आज नेपाली बजारमा सुन–चाँदीको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमानी राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रति तोला २ लाख ४८ हजार ५ सय रुपैयाँ र चाँदी ३ हजार ३ सय २५ रुपैयाँ पुगेको छ ।
सोमबारको तुलनामा सुन ८ हजार १ सय रुपैयाँले बढी हो । सोमबार सुन तोलाको २ लाख ४० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।