ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’को उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एक समारोहका बीच ‘ओभरपास’को उद्घाटन गरेका हुन्।
काठमाडौं उपत्यकाको चक्रपथमा सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारले ग्वार्कोचोकमा ओभरपास निर्माण गरेको हो।