ताजा समाचार

अर्घाखाँचीमा जीप दुर्घटनाः दुईको मृत्यु, केही घाइते

सोमबार असोज १३,

गुल्मी जाँदै गरेको जीप अर्घाखाँचीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ गइरहेको लु १ ज ४७२४ नम्बरको जीप विहान करिब ३ः३० तिर सन्धिखर्क नगरपालिका–९ टारी भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी इन्सपेक्टर झलक प्रसाद शर्माका अनुसार दुर्घटनामा मृत्यु हुनेमा गुल्मी पुर्कोटका १० वर्षीय अरुणा थापा र नेटाखर्कका १३ वर्षीय नारायण पौडेल रहेका छन् ।

प्रहरीका अनुसार युक्त जीप सन्धिखर्क–ढोरपाटन सडकखण्डमा सडकबाट करिब ३० मिटर तल खसेको थियो । जीपमा सवार घाइतेहरूलाई तत्कालै सन्धिखर्क अस्पताल पुर्याइएकोमा २ जनाकाे मृत्यु भयो भने केहीलाई बुटवल पठाइएको छ ।











लेखकको बारेमा

NewsNepalaya

न्यूजनेपालय मार्फत सम्पादन हुने समाचारहरु तथा अन्य सामग्रीहरु अति नै प्रमाणीक तथा विश्वसनिय हुने कुरामा ढुक्क हुन अनुरोध गर्दछौं ।


न्यूजनेपालय टिम


प्रतिक्रिया


प्रतिक्रिया दिनुहोस्








Scroll to Top