ताजा समाचार

आरजु राणा देउवाको भाइ भुषण राणाको घरमा प्रहरीको छापा

सोमबार असोज १२ काठमाण्डौ,

आइतबार प्रहरीले भूषण राणाको घरमा छापा मारेको छ । राणा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा तथा पूर्वप्रधानमन्त्री देउवाका साला हुन् । उनीमाथि आरजु राणाको प्रतिनिधिको रूपमा विभिन्न डिलहरूमा संलग्न भएको आरोप छ । उनीमाथि नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंकलाइन विवादमा पनि तानिँदै आएका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोलीले स्थानीय प्रहरीको सहयोगमा ललितपुरको जावलाखेलस्थित राणाको निवासमा घेराबन्दी गर्दै तलासी लिएको हो ।

प्रहरी स्रोतका अनुसार गोप्य सूचना लीक हुन सक्ने शंकाका आधारमा राणाको घरमा छापा मारिएको हो । घटनाबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।











लेखकको बारेमा

NewsNepalaya

न्यूजनेपालय मार्फत सम्पादन हुने समाचारहरु तथा अन्य सामग्रीहरु अति नै प्रमाणीक तथा विश्वसनिय हुने कुरामा ढुक्क हुन अनुरोध गर्दछौं ।


न्यूजनेपालय टिम


प्रतिक्रिया


प्रतिक्रिया दिनुहोस्








Scroll to Top