
सोमबार असार २३,
निरन्तरको वर्षाको कारण आएको पहिरोले झाँक्रेखोला जलविद्युत परियोजनाको टर्बाइनमा क्षति पुर्याएको छ ।
दोलखा जिल्लाको जिरी नगरपालिका वडा नम्बर ९ मा रहेको ६३५ किलोवाट क्षमताको उक्त परियोजनामा क्षति पुर्याएको हो । सो परियोजनाको पावर प्लान्टमा समस्या आएपछि गत फागुनदेखि नै उत्पादन बन्द थियो । उपकरणमा समस्या आएर विद्युत उत्पादन बन्द भएकै बेला पहिरोले समेत पावर प्लान्टमा क्षति पुर्याएको हो ।
जिल्ला प्रहरी प्रमुख ज्ञानकुमार महतोले दिएको जानकारी अनुसार पहिरोले परियोजनाको भवनमा र टर्बाइनमा क्षति गरेको छ । उनले भनेः उर्लेनी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको छ र स्काभेटरको सहायताले पहिरो पन्छाउने कार्य भइरहेको छ। त्यसपछि थप के–केमा क्षति भयो भन्ने बारेमा जानकारी आउनेछ।