
मंगलबार असार २४ काठमाण्डौ,
प्रधानमन्त्री केपी शर्मा ओली आज भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोट क्षेत्रमा स्थलगत अवलोकनको लागि पुगेका छन् । उक्त अवलोकन भ्रमणमा प्रधानमन्त्रीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति सहित चारवटै सुरक्षा निकायका प्रमुख पनि सहभागी थिए ।
उनले बाढीबाट हराएका नागरिकको अवस्था, रसुवागढी भन्सारको सुक्खा बन्दरगाह र बगाइएका मालबाहक कन्टेनरबारे प्रधानमन्त्री ओलीले चासो व्यक्त गरेका छन् ।
यसक्रममा प्रधानमन्त्रीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल गरेका थिए । प्रधानमन्त्री ओली मंगलबार बिहान रसुवा पुगेर बाढीले पुर्याएको क्षति, उद्धार र राहत कार्यबारे जानकारी लिएका हुन् । उनले सरकारले प्रभावित क्षेत्रको पुनःस्थापना र राहत कार्यमा गम्भीरता देखाउने बताएका छन्।