
आइतबार साउन ४ काठमाण्डौ
इन्टरनेटको माध्ययमबाट सन्देश आदानप्रदान गर्ने डिजिटल एप ‘टेलिग्राम’ नेपालमा बन्द गरिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले एक सुचना जारी गर्दै भनेको छः
“नेपालमा सञ्चालित टेलिग्राम एपमार्फत अनलाइन ठगीका घटना बढिरहेका छन् । साथै, मनी लाउन्डरिङ्ग लगायतका गतिविधिमा समेत यसको प्रयोग भइरहेको पाइएको छ । त्यसैले सेवा प्रदायकहरूलाई टेलिग्राम एपको इन्टरनेट पहुँचमा रोक लगाउन निर्देशन दिइएको छ ।”
यस निर्णयसँगै नेपालमा इन्टरनेट सेवा उपलब्ध गराइरहेका सबै दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले टेलिग्रामको पहुँच बन्द गर्ने प्रक्रिया सुरु गरेका छन् ।
टेलिग्राम एप शिक्षा, व्यापार, सूचना आदानप्रदानलगायत विविध प्रयोजनमा प्रयोग हुँदै आएको भए पनि पछिल्लाो समय विभिन्न समुहहरूले यसलाई अनलाइन ठगीको लागि प्रयोग गर्दै आएका थिए।