
सोमबार श्रावण ५,
आज नारायणी नदीमा पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ। नुहाउन गएका पाँचजना मध्ये एकजना डुबेर बेपत्ता भएका थिए । मृत्यु हुनेमा भरतपुर–१५ सूर्यनगरका १५ वर्षीय मेक्सन पुन मगर रहेका छन्। उनी दिउँसो ३ बजेतिर नारायणी किनारमा पौडी खेल्न गएका थिए ।
पौडीने क्रममा डुबेपछि साथीहरूले प्रहरीलाई खबर गरेका थिए । सुचनापछि तत्कालै वडा प्रहरी कार्यालय नारायणगढको विपद् व्यवस्थापनसहितको टोली पुगेर उद्धारगरी उपचारको लागि भरतपुर अस्पताल लगिए पनि चिकित्सकहरूले मृत घोषणा गरेको जिल्ला प्रहरीका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।