
आइतबार साउन ११,
हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि बसेका यात्रु गम्भिर घाइते भएका छन् ।
आइतबार दिउँसो ना ६ ख ३०४० नम्बरको ट्रकले बा प्र ०३–०४ प ११६२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार स्कुटर चालक चितवनको भरतपुर महानगरपालिका–११ निवासी वर्ष ५१ का मोतिबहादुर क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ भने सोही स्कुटरको पछाडि सवार भरतपुर महानगरपालिका–९ सरतपुर निवासी ३६ वर्षीया नरमाया गुरुङ घाइते भएकी छिन् । उनको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।