
आइतबार साउन ११,
आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच प्रचण्ड निवासमा भेटवार्ता भएको छ ।
उक्त भेटमा मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ । साथै वामपन्थी धुर्वीकरण, राष्ट्रिय र अन्तरराष्ट्रिय राजनीतिक परिस्थिति र अन्तरराष्ट्रिय तहमा शक्तिराष्ट्रहरूका बीचमा भएका युद्ध र त्यसको प्रभावको बारेमा पनि छलफल भएको छ ।
एकीकृत समाजवादीका स्थायी समिति सदस्य आलोक रायमाझीका अनुसार दुई शिर्ष नेताहरूको भेटमा सरकारको पछिल्ला कार्यशैलीबारे पनि छलफल भएको छ । साथै कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध गर्ने प्रयास तथा एकीकृत समाजवादी पार्टीबीच भएका सहकार्य तथा एकताको सम्भावना, सैद्धान्तिक आधार र प्रक्रियागत विषयमा समेत छलफल भएको छ ।