ताजा समाचार

धनुषामा महिलाको हत्या, दाइजोको कारण हत्या गरिएको माइती पक्षाको दाबी

सोमबार साउन १२ धनुषा,

धनुषाको जनकपुरधाममा एक युवतीको रहस्यमय मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका-४ स्थित आफ्नै घरमा २३ वर्षीया शोभा मण्डल शनिबार राति मृत अवस्थामा फेला परेकी हुन् ।

शोभाको माइती पक्षले हत्या भएको आरोप लगाएको छ भने उनको श्रीमानको परिवारले झुण्डिएर आत्महत्या गरेको बताएको छ । शोभाको शव भने ओछ्यानमा भेटिएको थियो ।

शनिबार राति करिब साढे १२ बजे महिलाले झुण्डिएर आत्महत्या गरेको खबर प्राप्त गएपछि प्रहरी घटनास्थल पुग्दा शोभाको शव ओछ्यानमा थियो । तर प्रहरीले सोधपुछ गर्दा झुण्डेको देखेपछि घरपरिवारले पासो काटेर बचाउनका लागि ओछ्यानमा राखेको प्रारम्भिक बयान दिएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाले जानकारी दिए ।

मृतकका माइती पक्षले भने यो आत्महत्या नभई सुनियोजित हत्या भएको दाबी गरेको छ । महोत्तरीको बर्दिबास नगरपालिका-१४, माइस्थान निवासी माइती पक्षका अनुसार, लामो समयदेखि दाइजोको विषयलाई लिएर शोभालाई शारीरिक तथा मानसिक यातना दिइने गरेको बताएका छन्। सोही निहुँमा उनको हत्या भएको उनीहरुको जिकिर छ ।

पाँच वर्षअघि शोभाको विवाह चन्दन मण्डलसँग भएको थियो । उनीहरूबाट एक छोरी पनि छन् । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।











लेखकको बारेमा

रामहरि रोक्का

न्यूजनेपालय मार्फत सम्पादन हुने समाचारहरु तथा अन्य सामग्रीहरु अति नै प्रमाणीक तथा विश्वसनिय हुने कुरामा ढुक्क हुन अनुरोध गर्दछौं ।


न्यूजनेपालय टिम


प्रतिक्रिया


प्रतिक्रिया दिनुहोस्








Scroll to Top