
आइतबार साउन २५
महाकाली नदीमा दुई बालिका बेपत्ता भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरी नजिकबाट उनीहरू बेपत्ता भएका हुन् । नदीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेहरूमा भीमदत्त नगरपालिका–११ का ६ वर्षीया सानवी पन्त र सात वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए । बाेहराले भनेः उनीहरूको खोजी कार्य जारी छ । खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । स्थानीयका अनुसार नदी किनारमा अन्य बालिका समेत नुहाइरहेका थिए । जसमध्ये दुई जना बगेर बेपत्ता भएका हुन् ।