
बुधबार भदौ ४
झापामा माछा मार्ने क्रममा करेन्ट लागेर कमल गाउँपालिका–३ का २१ वर्षीय उज्ज्वल राईको मृत्यु भएको छ । ढ्याङ्ग्री खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार राईलाई उपचारका लागि दमकको लाइफ लाइन अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
२ दिन अघि मात्रै पनि झापाको मेचीनगर नगरपालिका–५ मा बिग्रिएको टेबल पङ्खा बनाउने क्रममा करेन्ट लागेर २२ वर्षीय सन्दीप राजवंशीको मृत्यु भएको थियो ।
झापामा पछिल्लो समय करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको जिल्ला प्रहरीका प्रवक्ता खगेन्द्र खड्काले बताए ।