ताजा समाचार

पदभार ग्रहणपछि अर्थमन्त्री खनालको पहिलो वक्तव्यः माननीय नभन्नुस्, र टुक्रे आयोजना पनि नल्याउनुस्

सोमबार भदौ ३० काठमाण्डौ,

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका कर्मचारीहरूले उनलाई स्वागत पनि गरेका थिए ।

पदभार ग्रहणसँगै मन्त्री खनालले तीनवटा कुराले नागरिकको ध्यान खिचेका छन्ः
पहिलोः आफूलाई माननीय नबोलाउन आग्रह गर्दै विनम्र शैलीमा मन्तव्य दिएका थिए । उनले भने, ‘मलाई माननीय नभन्नुस्, म तपाईंहरूको सहकर्मी हुँ ।’
दोस्रोः अबदेखि पूर्व तयारीबिना तथा रणनीतिक योजना नभएका ‘टुक्रे आयोजना’ कार्यान्वयनमा नलिइने उनले घोषणा गरे । उनले भनेः ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नु र निर्वाचन सम्पन्न गर्नु हो, त्यसकारण खर्च कटौती गर्नुपर्ने आवश्यकता छ, र त्यसकै सुरुवात यस निर्णयबाट भएको हो ।’
तेस्रोः उनले तलब, मन्त्री क्वार्टर र गाडी सुविधा पनि नलिने घोषणा गरेका छन् । आफ्नो कार्यकालको सुरुवातमै उनले यी महत्वपूर्ण निर्णयहरू सुनाएका हुन् ।











लेखकको बारेमा

NewsNepalaya

न्यूजनेपालय मार्फत सम्पादन हुने समाचारहरु तथा अन्य सामग्रीहरु अति नै प्रमाणीक तथा विश्वसनिय हुने कुरामा ढुक्क हुन अनुरोध गर्दछौं ।


न्यूजनेपालय टिम


प्रतिक्रिया


प्रतिक्रिया दिनुहोस्








Scroll to Top