
बिहिबार असोज २ काठमाण्डौ,
भदौ २४ गतेको आन्दोलनले देशभरका सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ । प्रारम्भिक विवरण अनुसार देशभरका ५३ प्रतिशत नगरपालिकाहरू कुनै न कुनै प्रकारले क्षति भएको तथ्यांकमा उल्लेख छ ।
जसमा देशभरका १४६ वटा नगरपालिका कार्यालयमा भौतिक क्षति पुगेको छ । क्षति विवरणको सारांश अनुसार १३० वटामा कुनै क्षति भएको छैन ।
६९ वटा नगरपालिकामा तोडफोड र मध्यम क्षति भएको छ भने ७७ वटा नगरपालिकामा आगजनी र गम्भीर क्षति भएको छ ।