
आइतबार असोज ५ काठमाण्डौ,
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते नक्खु कारागारबाट फरार भएका एक कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
काभ्रे पनौतीको गागलका सन्तबहादुर तामाङले आफ्नी ३० वर्षीया श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले पुष्टि गरेका छन् । उनी जबर्जस्ती करणीको मुद्दामा थुनामा परेका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहका अनुसार, घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय बनेपाबाट टोली परिचालित भएको छ ।