
बलिउड अभिनेता कार्तिक आर्यन अभिनीत फिल्म 'चन्दु च्याम्पियन' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले पाँच दिनमा २९ करोड ७५ लाख भारू कमाएको छ।
४ करोड ७५ भारू ओपनिङ गरेको फिल्मले दोस्रो दिन ७ करोड, तेस्रो दिन ९ करोड ७५ लाख, चौथो दिन ५ करोड र पाँचौं दिन ३ करोड २५ लाख भारू कमाएको हो।