खेलकुद

सन्दिप लामिछाने प्रकरणले लियाे नयाँ माेड

क्रिकेटर सन्दीप लामिछानेमाथि लागेकाे बलात्कार मुद्दा थप अगाडि नबढ्ने भएकाे छ।सन्दीपमाथि बलात्कार आरोप लगाएकी गौशाला २६ ले सर्वोच्च अदालतमा पुनरावेदन नदिने निर्णय गरेसँगै याे मुद्दा अघि नबढ्ने भएकाे छ। उच्च अदालतको फैसलाविरुद्ध उनले पुनरावेदन नगर्ने निर्णय गरेकी हुन् ।

गौशाला २६ ले बुधबार महान्यायाधिवक्तालाई भेटेर नै निवेदन दिएकी थिइन् । यसैगरी, उनले शुक्रबार उच्च सरकारी वकिल कार्यालयमा निवेदन दर्ता गराएकी छिन् । सरकारी वकिलमा उनकाे निवेदनकाे दर्ता नम्बर ३३२ रहेको छ । अब मुद्दालाई थप अगाडि नबढाउन पनि उनले अनुराेध गरेकी छिन् ।











लेखकको बारेमा

न्युजनेपालय सम्पादक

न्यूजनेपालय मार्फत सम्पादन हुने समाचारहरु तथा अन्य सामग्रीहरु अति नै प्रमाणीक तथा विश्वसनिय हुने कुरामा ढुक्क हुन अनुरोध गर्दछौं ।


न्यूजनेपालय टिम


प्रतिक्रिया


प्रतिक्रिया दिनुहोस्








Scroll to Top