
सबै समयका महान फुटबलरमध्येका एक, क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरमा नयाँ कदम चालेका छन्।
फुटबलको खेलमा झण्डै दुई दशकभन्दा बढी समय शासन गरेपछि रोनाल्डोले आफ्नो युट्युब च्यानल ‘यूआर क्रिस्टियानो’ खोलेर पहिलो कदम चाल्दै कन्टेन्ट क्रिएटरको करियरमा प्रवेश गर्ने निर्णय गरेका छन् ।
आफ्नो युट्युब च्यानल सुरु गरेको घोषणा गरेको पहिलो दुई घण्टामै, रोनाल्डोले प्लेटफर्मको इतिहासमा सबैभन्दा छिटो समयमा 1 मिलियन सब्सक्राइबरहरू पूरा गर्ने व्यक्ति बन्न 'विश्व कीर्तिमान' तोडे।
त्यति मात्र होइन, २४ घण्टाभित्र रोनाल्डोको युट्युब एकाउन्टको सब्सक्राइबरको संख्या एक करोड पुग्यो, अर्को विश्व कीर्तिमान ।