
काठमाडौं । करिब ४० करोड ४५ लाख रुपैयाँ पुरस्कार राशि भएको पब्जी प्रतियोगिता 'पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी)' मा दुई नेपाली टिम डीआरएस गेमिङ र होरा ई-स्पोर्ट्स खेल्दैछन् ।
डिसेम्बर ८ सम्म चल्ने पीएमजीसीमा ग्रुप स्टेज, सर्भाइबल स्टेज, लास्ट चान्स र फाइनल स्टेजका खेल हुनेछन् । लिग स्टेजका खेलहरू क्वालालम्पुर, मलेसियामा हुनेछ भने फाइनल खेल लण्डनमा हुनेछ ।