
मंसिर १७ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार २०० रुपैयाँ घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।